चट्याङ लागेर ९ घाइते

हरि गौतम

(रुकुम पश्चिम) — आइतबार दिउँसो परेको चट्याङ लागेर ९ जना घाइते भएका छन् । सानीभेरी गाउँपालिका–८, आमडाँडाका इन्द्रबहादुर ओलीको घरमा परेको चट्याङ लागेर ५ सख्त र ४ जना सामान्य घाइते छन् । 

चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कौशिला ओली, २७ वर्षीय शुशील बुढाथोकी, ३० वर्षीय झुपलाल विसी, ३२ वर्षीय गोवर्द्धन ओली र २१ वर्षीया रमिता ओली घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि चौरजहारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनीहरु सबै सख्त घाइते छन् ।


उनका अनुसार सोही चट्याङ लागेर आमडाँडाकै ४२ वर्षीय गंगे ओली, २ वर्षीया तुलसा बुढाथोकी, ४ वर्षीया मंगली बुढोथाकी र सानीभेरी गाउँपालिका–१०, की २५ वर्षीया पानसरी डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भएको छ ।


प्रकाशित : भाद्र १, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?