कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

३ करोडको पुलमा दुइटा पिलर

विप्लव महर्जन

सल्यान — मोख्ला बजारनजिकै बाग्चौर र शारदा नगरपालिका जोड्न शारदा खोलामा निर्माणाधीन पक्की पुल अलपत्र बनाइएको छ । ठेकेदारको लापरबाहीले पुल अलपत्र परेपछि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने सर्वसाधारणलाई आउजाउमा समस्या खेप्नुपरेको छ ।

३ करोडको पुलमा दुइटा पिलर

पुल निर्माणको काम असार मसान्तमै सक्न गत वर्ष यति बिल्डर्सलाई जिम्मा दिइएको थियो । तर २ पिलर बनाएर छाडेपछि सर्वसाधारणलाई पनि आउजाउ गर्न कठिन भएको छ ।


पुलको आधा काम पनि नभएको स्थानीयको गुनासो छ । सडक डिभिजन कार्यालय, दाङले ठेकेदार कम्पनीलाई ३ करोड रुपैयाँमा पुल बनाउन ठेक्का दिएको छ । पुल अलपत्र परेपछि छत्रेश्वरी र सिद्धकुमाख गाउँपालिकाका बासिन्दा जोखिम मोलेर वारपार गर्छन् । स्थानीयका अनुसार बर्खामा खोलामा पानीको बहाव बढदै गएपछि आउजाउ गर्न कठिन हुन्छ ।


समयमै पुल नबन्दा दमाचौर र स्थानीयखाल जाने सडकमा सवारीसाधन चल्न सक्दैनन् । पुलकै कारण सडक अवरुद्ध भएपछि पिपलनेटा, वल्नो मोख्लालगायत गाउँका ३ हजार बढी घरधुरीले सास्ती भोग्नुपरेको छ । खोला वारपार गर्न समस्या भएपछि बिरामीलाई उपचारका लागि लैजानसमेत समस्या भएको मोख्लाका व्यवसायी बाबुराम

घर्ती बताउँछन् ।


स्थानीय डिल्लीबहादुर गिरीले पुल निर्माणमा सरकारी निकायको बेवास्ताले सास्ती भोग्नुपरेको बताए । सरकारी निकायले पुल निर्माणमा बेवास्ता गरिरहेको उनको आरोप छ । उनका अनुसार ५ वर्षअघि खोलाले बगाउँदा एकजनाको ज्यान गएको थियो । सुरुमा ठेकेदारले कालाखेततर्फको काम सकेपछि मोख्लातर्फको काम गर्ने जनाएका थिए ।


सिद्धकुमाख गाउँपालिका १ का अध्यक्ष रामबहादुर बस्नेतले ठेकेदारले शारदा खोलामै २ ठाउँमा पुल निर्माणको जिम्मा लिएकाले मोख्लामा ढिलाइ गरिरहेको बताए । उनका अनुसार वैशाखमै ठेकेदारले पुल निर्माणको काम रोकेका थिए । ‘पुल नहुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?