कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जंगली च्याउ खाँदा बिरामी बालकको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — जंगली च्याउ खाएर बिरामी परेका बालकको बुधबार मृत्यु भएको छ । बारेकोट गाउँपालिका ८, बन्डालाका १३ वर्षीय यभराज कुमाईको उपचारका क्रममा मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो ।

च्याउ खाँदा यभराजसहित एकै परिवारका २ जनाको मृत्यु भएको छ । यसअघि यभराजकी आमा मनमायाको उपचारका लागि नेपालगञ्जतर्फ लैजाँदै गर्दा मंगलबार सुर्खेतको मेहेलकुनामा मृत्यु भएको थियो । उनीहरुले ३ दिनअघि च्याउको तरकारी खाएर बेहोस भएका थिए । जंगलबाट ल्याएको च्याउको तरकारी खाएर बन्डालामा एकै परिवारका ३ जना बिरामी परेका थिए । बिरामीमध्ये १ जनाको भने घरेलु उपचारपछि निको भएको थियो ।


प्रकाशित : श्रावण २९, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?