कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निषेधित क्षेत्रमै अवैध मदिरा

कान्तिपुर संवाददाता

कालीकोट — महिला हिंसा बढेको र शान्ति सुरक्षामा खलल पुगेको भन्दै जिल्ला सभाले गत फागुन १ गते कालीकोटलाई मदिरा निषेधित जिल्ला घोषणा गर्‍यो  । तर निषेधित क्षेत्रमा खुलेआम अवैध मदिरा बिक्री भइरहेको छ  ।

रास्कोट नगर प्रमुख काशीचन्द्र बरालको प्रस्तावमा जिल्लाभरका जनप्रतिनिधिले प्रस्तावको समर्थन गरेपछि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

घोषणाको कार्यान्वयन नहुँदै उद्योग वाणिज्य संघले सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, रास्कोट नगर प्रमुख काशीचन्द्र बराल, जिलला प्रहरी प्रमुख विनोद शर्मासहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । जुम्ला इजालासले व्यवसायीको पक्षमा फैसला गरेपछि सिलबन्दी गरिएका मदिरा बिक्री खुला भएको छ ।

तर, अवैध घरेलु मदिराको उत्पादन, बिक्री र सेवन भने निर्वाध चलिरहेको छ । सदरमुकामसहितका केही बजार क्षेत्रमा कहिलेकाहीं प्रहरीले छापा मारे पनि उत्पादन नरोकिएको पेय पदार्थ व्यवसायी संघका अध्यक्ष जीवनकुमार शाहीले बताए । उनले मदिरा ऐन २०३१ अनुसार अन्तःशुल्क तिरेको स्थानीय तहले चाहेर पनि रोक्न नमिल्ने दाबी गरे ।


पलाता गाउँपालिकाले पहिलो गाउँ सभाबाटै मदिरा निषेधित क्षेत्र घोषणा गरी मदिराविरुद्ध अभियान सुरु गरिएको थियो । तर मदिरा चोरी निकासी गर्ने र लुकेर कारोबार हुने क्रम रोकिएन । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले लुकीछिपी मदिरा बिक्री हुँदा पूर्णर् रूपमा बन्द गर्न नसकिएको जनाए ।

मदिरा निषेधित पलातामा मदिरा सेवन गरी साउन ७ गते पलाता ८, का २४ वर्षीय मञ्जन बमको थिर्पु, बाख्रे बजारमा मत्यु भएको थियो भने साउन १८ गते राति मदिरा सेवन गरी स्थानीय जगदीशकुमार पूर्वेले पलाता एफएमका उपकरण तोडफोड गरेका थिए ।

प्रकाशित : श्रावण २९, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?