२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

विप्लव महर्जन

सल्यान — जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सल्यानबाट गस्तीमा खटिएको संयुक्त टोलीले कालीमाटी गाउँपालिका–५ बालुवाको मनिकापुरमा चार थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । 

चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

पक्राउमा पर्नेमा बालुवाका ७० वर्षीय चन्द्रबहादुर रोका र स्थानीय टेकबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालयमा सल्यानका प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।


दुवै जनाले घरमा लुकाई राखेको अवस्थामा बरामद गरेको उनले जानकारी गराए । उनका अनुसार दुवैका दुई/दुई थान एकनाले भरुवा बन्दुक रहेका छन् । पक्राउमा परेकालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित : श्रावण २७, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?