कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वडा कार्यालय आगजनी

कान्तिपुर संवाददाता

(मुगु) — खत्याड गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालय आइतबार राति अज्ञात व्यक्तिले आगजनी गर्दा पूर्ण रुपले ध्वस्त भएको छ । 

वडा अध्यक्ष लालबहादुर मल्लको घरमै वडा कार्यालय संचालन गरिएको थियो । उक्त घर आगजनी गर्दा टक्कबहादुर मल्लको आर बि स्टेशनरी र पदम बुढाको मोबाइलपसल समेत जलेर ध्वस्त भएको पीडितले जनाएका छन् ।


‘राति १२ बजे तिरको कुरो हो हामी अर्को घरमा सुतेका थियौं, अज्ञात व्यक्ति आएर वडा कार्यालय रहेको मेरो घरमा मट्टीतेल छर्केर आगजनी गर्दा घर ध्वस्त भएको छ,’ वडा अध्यक्ष लालबहादुर मल्लले भने ।


कार्यालयको समानसहित धनमाल जलेर खरानी बनेको उनले बताए । आगजनी भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र श्रीकोट प्रहरी चौकीबाट अनुसन्धानको निम्ति सुरक्षाकर्मी खटाइएको प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।


प्रकाशित : श्रावण २०, २०७६ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?