७ जिल्लामा खाद्य संकट

रासस

वीरेन्द्रनगर — कर्णाली प्रदेशका ७ जिल्ला वर्षेनी खाद्य संकट हने गरेको छ । प्रदेशका १० जिल्लामध्ये ७ जिल्लामा स्थानीय उत्पादनले तीन महीनापनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य संकटको समस्या हुने गरेको हो ।

दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ। उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, रुकुम र सल्यान खाद्य सुरक्षाको जिल्लामा परेका छन्। कर्णालीमा वर्षेनी २५ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको उक्त मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा तीन लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा तीन लाख २६ हजार ५ सय मेट्रिकटन खाद्यान्न मात्र उत्पादन हुने गरेको छ।

खेतीयोग्य जमिन खण्डीकरण हुनु र जमिन बाँझै राख्नाका साथै सिँचाइको अभाव र उन्नत जातको बीउ अभावका कारण कर्णालीले वर्षेनी खाद्य संकटको समस्या झेल्नुपरेको हो। त्यसैगरी हिमाली जिल्लामा फलफूल र तथा जडीबुटी मात्र उत्पादन हुने भएकाले पनि यी जिल्लामा वर्षेनी बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने हुन्छ।

मन्त्रालयका प्रवक्ता हरि पण्डितले कृषि सडक तथा कृषि सिँचाइतर्फ आफ्नै प्राविधिक कर्मचारी नहुँदा समस्या भएको, विभिन्न आयोजना र उपआयोजनाको ‘डिजाइन स्टिमेट’ नहुँदा समस्या भएको बताए। भौगोलिक विकटता, स्रोत साधनको कमी, खाद्य तथा पोषणको असुरक्षालगायत
चुनौती भएको उनको भनाइ थियो।

यो पनि पढ्नुहोस्:
बाजुराको पूर्वी क्षेत्रमा खाद्य संकट

प्रकाशित : श्रावण १९, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — आइतबार काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ९९ प ३३०७ नम्बरको स्कुटरले सोही दिशाबाट आइरहेको बा ६ ख ७३१५ नम्बरको ट्रकलाई बनेपा–१० भैंसेपाटीमा ओभरटेक गर्ने क्रममा पछाडिको भाग ठोक्किँदा स्कुटरमा सवार अन्दाजी २५/३० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा गम्भीर अर्का घाइतेको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट बर्दिबास जाँदै गरेको ना ६२ प ७३१६ नम्बरको मोटरसाइकल रोशी –८ गिम्दीवेशीमा अनियन्त्रित हुँदा चालक नेपाली सेनाको कालिसिद्धी गण बर्दिवासमा कार्यरत अमलदार धादिङका भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार नै बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५७ प ९५६९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको बा १७ च ८११२ नम्बरको स्करपियोमा ठक्कर खाँदा मोटरसाइकल चालक बनेपा–१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । घाइते सोही स्थानका २६ वर्षीय रविन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १९, २०७६ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्