पत्रकार थापाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय थापा पछिल्लो समय नेपाल पोष्ट खबर डटकममा आवद्ध थिए ।


महासङ्घले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपुरणीय क्षतिका रुपमा लिएको नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाका सचिव हेमन्त केसीको विज्ञप्तिमा उल्लेख छ ।


पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको कर्णाली प्रदेश पत्रकार महासङ्घका महासचिव दीपेन्द्र शर्माले विज्ञप्तिमार्फत उल्लेख गरका छन् । स्व थापाको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


प्रकाशित : श्रावण १९, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?