कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उमेर नपुगेका ७ विवाह बदर

रुकुम पश्चिम — रुकुम जिल्ला अदालतले ७ विवाह बदर गरेको छ । उमेर नपुगी गरिएका ती विवाह बदर गरिएको अदालतले जनाएको छ । 
विवाह बदरका लागि परेका १४ मध्ये ०७५/७६ मा ७ वटा मुद्दा फर्स्यौट भएका हुन् ।

उमेर नपुगेका ७ विवाह बदर

बाँकी ७ मुद्दा चालु वर्ष ०७६/७७ का लागि सरेर आएका छन् । उमेर नपुगी भएका विवाह बदरका लागि परेका मुद्दामध्ये ७ वटा विवाह बदर भएको रुकुम जिल्ला अदालतले जनाएको छ । गत भदौभन्दा अघि परेका केही र भदौ पछि परेका दुबै खाले मुद्दा अदालतमा परेका थिए । गत भदौ १ देखि लागि भएको देवानी संहितामा उमेर नपुगी भएको विवाह स्वत बदर हुने उल्लेख छ ।


विवाह स्वत बदर भएको घोषणा अदालतले गर्ने भएकाले त्यस्ता मुद्दा गत आर्थिक वर्षमा परेको जिल्ला न्यायाधीश आत्मदेव जोशीले बताए । उमेर नपुग्दै विहे गर्ने र उमेर पुगेपछि सबै कुरा बुझै जाँदा विवाह बदर माग गरेर अदालत जाने गरेका छन् । ‘उमेर नपुग्दै विहे भयो, जीवनमा धेरै गर्न बाँकी जस्तो महसुस भएर विवाह बदरको मुद्दा दिएको थिएँ,’ मुसीकोट नगरपालिकाकी मनकला पुन मगरले भनिन्, ‘अदालतबाटै विवाह बदर भएपछि फेरि पठनपाठनमा जोडिएकी छु ।’ उनले सानै उमेरमा सबै ख्याल नगर्दा अन्जानमै विहे भएकाले पछि पछुतो भएको बताइन् ।


रुकुम जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्धा फर्स्यौट गरेको जनाएको छ । अदालतका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा अदालतबाट ५० प्रतिशत मुद्धा फर्स्यौट भएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा राखिएको लक्ष्यभन्दा ६६ थान बढी मुद्धा फर्स्यौट गरेको अदालतले जनाएको छ ।


अदालतले आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७४ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखेकामा ३ सय ४० जान मुद्दा फर्स्यौट गरेको थियो । अदालतमा रहेका ५ सय २९ मुद्धा मध्य ३ सय ४० मुद्धा फर्स्यौट गरिएको हो । अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा परेका ४१ किसिमका मुद्धामध्ये सबैभन्दा बढी १ सय ९६ मुद्धा सम्बन्ध विच्छेदका छन् ।


त्यसमध्यमा ६५ मुद्धा फर्स्यौट भएका छन् भने ५१ मुद्धा यो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका छन् । जसमध्ये १ सय १७ थान मुद्धा महिलाको तर्फबाट सम्बन्ध विच्छेदको लागि माग गर्दै परेका थिए भने ३७ थान मुद्दा पुरुषको तर्फबाट परेका थिए । छुट्टै ४२ जना महिलाले अंशसहित सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेका थिए ।


पुरुष बादी बनेर दर्ता भएका ३७ मुद्धामध्ये १९ फर्स्यौट भएका छन् भने १८ बाँकी छन् । गत भदौ १ गतेदेखि लागु भएको संहिता अनुसार सम्बन्ध विच्छेदका लागि पुरुषले पनि सोझै अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?