कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बर्खे बिदा कटौती माग

सुर्खेत — कर्णाली प्रदेशका सामुदायिक विद्यालयमा दिइँदै आएको बर्खे बिदा कटौती गर्न माग गर्दै एजुकेट कर्णाली नेपाल इकानले सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ  । संस्थाले शुक्रबार सामाजिक विकासमन्त्री दल रावललाई ज्ञापनपत्र बुझाएको हो  ।

असार पहिलो सातादेखि एक महिनाभन्दा बढी हुने बिदाको औचित्य नरहेको र यसले विद्यार्थीको सिकेको ज्ञान तथा सीप बिर्साउने जोखिम रहेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तो बिदाको साटो वैकल्पिक बिदा, शैक्षिक भ्रमण, अतिरिक्त क्रियाकलापमा जोड दिइनुपर्ने जनाइएको छ ।

‘प्रदेशभरि भइरहेका यस्ता अवैज्ञानिक बिदा कटौती गरी सामुदायिक विद्यालयलाई निरन्तर कक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था गर्नमा गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न र शिक्षा प्रदान गरी उच्च मनोबल भएका विद्यार्थी उत्पादन गर्न मद्दत पुर्‍याउन सक्छ ।’

संस्थाका अध्यक्ष मनवीर नेपालीले कर्णाली प्रदेशको एसईई नतिजा कमजोर हुनुको कारण अनावश्यक बिदा र अनियमित पढाइ भएको बताए । बर्खे बिदामा पनि अध्ययन सुचारु गर्ने केही सामुदायिक विद्यालयले एसईईमा राम्रो नतिजा ल्याएका उनको भनाइ छ । उनले सामाजिक विकास मन्त्रालयका साथै वीरेन्द्रनगर नगरपालिकालाई पनि ज्ञापनपत्रमार्फत बिदा कटौती गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रकाशित : असार २९, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?