१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डोल्पामा बाढीले १ को मृत्यु, ९ बेपत्ता

कलेन्द्र सेजुवाल

सुर्खेत — डोल्पाको मुड्केच्युला गाउँपालिकाको काशिलखोलामा आएको बाढीले बगाएर एकको मृत्यु भएको छ । कम्तीमा ९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १ः३० बजेतिर आएको बाढीले खोला नजिकका तीनवटा घर, केही घट्टसहित व्यक्ति बगाएको हो ।


डीआईजी पूर्णचन्द्र जोशीले स्थानीय धर्मराज बोहोराको मृत्यु भएको र कम्तीमा ९ जना बेपत्ता भएका बताए । ‘घटनास्थलमा टेलिफोन सम्पर्क हुँदैन, के कति क्षति भएको छ पूर्ण विवरण आएको छैन,’ उनले भने, ‘प्रहरी, सशस्त्र प्रहरी घटनास्थलतिर गएर उद्धारको काम थालिसकेको छ ।’

प्रकाशित : असार २८, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?