चन्द समूहका भेरी-कर्णाली सदस्य पहाडी प्रक्राउ

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — नेत्रविक्रम चन्द समूहका भेरी-कर्णाली सदस्य सुर्खेतमा प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी-कर्णाली सदस्य शिखर पहाडीलाई गएराति सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी प्रदीप क्षत्रीले बताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले सूचनाको आधारमा उनलाई प्रक्राउ गरेको हो ।


उनले भने, ‘सूचनाको आधारमा जाँच गर्दै गर्दा प्रहरीसँग वादविवाद गरेपछि मात्र थाहा भयो उनी चन्दका कार्यकर्ता रहेछन् ।’ उनी सदस्य सँगै रेड युथ फोर्सको अध्यक्ष समेत रहेको जानकारी पाइएको छ । अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रकाशित : असार २६, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?