१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

६ महिनामा १ सय ९ महिला हिंसाका घटना

सुर्खेत — कर्णाली प्रदेशमा ६ महिनामा महिला हिंसाका १ सय ९ घटना भएका छन् । महिला हिंसाअन्तर्गत ६ महिनाको अवधिमा ६० घरेलु हिंसा, २५ बहुविवाह, बलात्कारका ६, बलात्कार प्रयासका ७, यौन दुर्व्यवहारका ८ र बोक्सी आरोपका २ घटना भएका छन् ।

यो अवधिमा १ सय ५९ मानवअधिकार उलंघनका घटना भएको तथ्यांक सार्वजनिक भएको छ । इन्सेक कर्णाली प्रदेशले सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांकअनुसार मानव अधिकार उल्लंघनका घटनामा २ सय २२ जना पीडित भएका छन् । संस्थाले गत माघदेखि अहिलेसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा संकलन गरेको विभिन्न घटनाको विवरण सार्वजनिक गरेको हो ।


संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा राज्य पक्षबाट ३८ र गैरराज्यपक्षबाट १ सय ८४ जना पीडित भएको जनाएको छ । तथ्यांकअनुसार अघिल्लो ६ महिनामा राज्य पक्षबाट २५ र गैरराज्य पक्षबाट १ सय ४२ जना पीडित थिए । कर्णालीको मानवअधिकार स्थितिसूचक अनुसार ८ हत्या, ७ धम्की, ९ कुटपीट, ३५ गिरफ्तारी र ८ जातीय विभेदका घटना भएका हुन् ।


त्यस्तै १ अपहरण, ३४ बाल अधिकार उल्लंघन र १ अपहरणका घटना भएका छन् । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले स्थानीय तहमा वडास्तरबाटै हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी रहेको बताए । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले मानवअधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि दण्डहीनता अन्त्य हुनुपर्ने बताए । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले पीडितलाई छिटो न्याय दिन र पीडकलाई कानुनी कारवाही गरे अधिकार उल्लंघटनाका घटना न्यूनीकरण हुने बताए ।

प्रकाशित : असार २४, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?