कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

२५ हजार घूस सहित शिक्षा इकाई प्रमुख रंगेहात पक्राउ

विप्लव महर्जन

सल्यान — अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शिक्षा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओलीलाई २५ हजार नगद सहित रंगेहात पक्राउ गरेको छ । 

२५ हजार घूस सहित शिक्षा इकाई प्रमुख रंगेहात पक्राउ

सरुवा मिलाइदिने भन्दै पर्वतको महेन्द्र ज्योति माविमा कार्यरत शिक्षक युवराज आचार्यबाट रकम लिएको केही बेरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले इकाई प्रमुख ओलीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।


अख्तियारको टोली पुग्ने बित्तिकै शिक्षा इकाई प्रमुखले शिक्षक आचार्यबाट लिएको रकम आफ्नै कार्यकक्षको भित्तातिर फालेका थिए । ओलीलाई अख्तियारको टोलीले सुर्खेत लगेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?