उत्तर-पश्चिम पृतनापति ट्रफी प्रतियोगिता सुरु

ज्योति कटुवाल

सुर्खेत — नेपाली सेनाले उत्तर-पश्चिम पृतनापति ट्रफी खेलकुद प्रतियोगिता आयोजना गरेको छ । सुर्खेतस्थित एयरपोर्ट ब्यारेकमा आयोजित एक समारोहबीच उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोज प्रताप राणाले उक्त प्रतियोगिताको उद्‌घाटन गरेका हुन् ।

उत्तर-पश्चिम पृतनापति ट्रफी प्रतियोगिता सुरु

मंगलबारबाट सुरु भएको प्रतियोगिता २० गतेसम्म चल्ने छ । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, कवड्डी, तेक्वान्दो, एथलेटिक्स् लगायतका खेलहरु खेलाइने भएको छ । उत्तर पश्चिम पृतना अन्तर्गतका पाँच गणहरुका जम्मा ४२३ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् ।

एथलेटिक्स् र तेक्वान्दोमा २१ महिला खेलाडीले सहभागिता जनाउँदै छन् । वार्षिक रुपमा आयोजना हुने यो प्रतियोगिता यस वर्ष दाङको तुलसीपुरमा र सुर्खेतमा आयोजना गरिँदै छ । एथलेटिक्स र बक्सिङ् तुलसीपुरमा र फुटबल, बास्केटबल, भलिबल,पौडी तथा तेक्वान्दो सुर्खेतमा खेलाइँदैछ ।


प्रतियोगिताको उदघाटन गर्दै राणाले खेलकुदले सैनिकलाई अनुशासन कायम राख्न, सामूहिक भावना जगाउन, आपसी सहयोगको भावना विकास गर्न मद्दत पुग्ने बताए । खेलाडीलाई अन्तर्राष्ट्रिय खेलकुदको मर्म र भावना अनुरुप प्रतियोगितामा सहभागी हुन उनले आग्रह गरे ।

प्रकाशित : असार १०, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?