कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कर्णालीका २८ प्रतिशत घरधुरीमा खाद्यान्न अभाव

सुर्खेत — कर्णाली प्रदेशको २८ प्रशित घरधुरी खाद्यान्न अभावको समस्यामा रहेको तथ्यांक सार्वजनिक गरिएको छ  । तथ्यांकअनुसार कर्णालीको ११ प्रतिशत जमिनमा मात्र खेती हुन्छ  ।

कर्णालीका २८ प्रतिशत घरधुरीमा खाद्यान्न अभाव

पर्याप्त खाद्यान्न उत्पादन र क्रयशक्ति नहुँदा २८ प्रतिशत घरधुरीमा खाद्यान्न अभाव रहेको पाइएको हो । कृषिविज्ञ हरिप्रसाद सुवेदीले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनादेखि २३ महिनासम्मका ४५ प्रतिशत बालबालिकाले पोषणयुक्त खाना पाउँदैनन् ।

सुबेदीले प्रदेशभर खेतीयोग्य ३० प्रतिशत जग्गा बाँझै रहेको जानकारी दिए । उनका अनुसार कर्णालीमा ७४ प्रतिशत घरधुरी कृषिमा निर्भर छन् । कृषक समूह महासंघ र इन्सेकले आयोजना गरेको ‘कृषिका सवाल र समाधानमा सरोकारवालाको भूमिका’ विषययक कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने नीति अनुरुप आगामी वर्षको बजेटमा कृषकलाई उत्साही बनाउने कार्यक्रम ल्याउन थालिएको बताइन् । उनले आगामी आर्थिक वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्ने कृषकका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइन् ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कृषकलाई प्रत्यक्ष र बढी फाइदा हुने कार्यक्रम आगामी वर्ष सञ्चालन गरिने जनाए । कृषक समूह महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीले बास्तविक किसान सरकारी सुविधाबाट अझै बञ्चित भइरहेको बताए । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सरकारी सेवा प्रवाहलाई व्यवस्थित बनाउन यस्ता कार्यक्रम उपलव्धिमूलक हुने जनाए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?