आमाले गरिन् नवजात शिशुको हत्या 

बिप्लब महर्जन

सल्यान — दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन् । 

विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन् ।

नवजात शिशुको हत्याको खबर पाएपछि प्रहरीले आशा विकलाई पक्राउ गरेको र उनले हत्या गरेर गाडेको नवजात शिशुको शव उत्खनन गरेर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेकी विकलाई अहिले इलाका प्रहरी कार्यालय थारमारे राखिएको प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी गराए ।

प्रकाशित : जेष्ठ १६, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

आमाले गरिन् सात महिने छोरीको हत्या 

बिप्लब महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीले सात महिनाकी छोरी जानकीको हत्या गरेकी छिन् । उनले कुटपिट गरी छोरीको हत्या गरेकी हुन । 

कुटपिटपछि छोरीको हत्या गरेको किटानी जाहेरी आफन्तले दिएपछि सपनालाई त्रिवेणी गाउँपालिकाको लुहाममा रहेको इलाका प्रहरी कार्यालयकाे टाेलीले पक्राउ गरेकोहाे।

पक्राउ परेकी सपनालाई इलाका प्रहरी लुहाममा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरबहादुर खडकाले बताए।हत्याको कारण खुल्न सकेको छैन। मृतक बालिकाको मंगलबार जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्