कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आमाले गरिन् नवजात शिशुको हत्या 

बिप्लब महर्जन

सल्यान — दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन् । 

विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन् ।


नवजात शिशुको हत्याको खबर पाएपछि प्रहरीले आशा विकलाई पक्राउ गरेको र उनले हत्या गरेर गाडेको नवजात शिशुको शव उत्खनन गरेर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेकी विकलाई अहिले इलाका प्रहरी कार्यालय थारमारे राखिएको प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी गराए ।


प्रकाशित : जेष्ठ १६, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?