१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पलातामा विपद् कचहरी

सुक्खा/खडेरी, आगलागी, बाढीपहिरो, महामारीलगायत विपत्को सामना गर्न ९ बुँदे प्रतिबद्धता 
तुलाराम पाण्डे

पलाता, कालिकोट — सबैखाले विपद्बाट बच्न पलाता गाउँपालिकामा पहिलो पटक विपद् व्यवस्थापन तथा जलवायु परिवर्तर्नसम्बन्धी कचहरी सम्पन्न भएको छ । कचहरीमा गाउँपालिकाले सुक्खा खडेरी, आगलागी, बाढीपहिरो, महामारीलगायत विपतको सामना गर्न ९ बुँदे प्रतिबद्धतासमेत पारित भएको छ । 

पलातामा विपद् कचहरी

कचहरी कर्णालीको पुराना न्यायिक थलो हो, जहाँ पीडक र पीडितलाई एकै थलोमा राखेर समस्या समाधान गर्ने चलन छ । त्यही कचहरीलाई आधुनिक रूपमा समुदायका समस्यामा सबैलाई एकै थलोमा राखेर छलफल गरी समस्या समाधानका उपायको खोजी गर्ने र योजना बनाउने गर्न थालिएको कचहरीका सञ्चालक विजय विश्वकर्माले बताए ।


सबै जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा आयोजित विपद् कचहरीमा गाउँपालिकामा आउने सक्ने सबै खालका विपदको सामना गर्न विपद् व्यवस्थापन कोष स्थापना गर्ने, गाउँपालिकामा हुने विपदको वर्गीकरण गरेर समाधान गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने, गाउँ तथा वडामा समावेशी विपद् व्यवस्थापन समिति गठन गरी सक्रिय गराउने, थिर्पु, धौलागोह र खिनमा आकस्मिक उधार कक्षा निर्माण र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।


विपद् बाजा बजाएर नआउने भएकाले पूर्वतयारीका काममा जोड दिने गरी छलफल भएकाले कचहरी उपलब्धिमूलक रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले पलाता सबैखाले विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले यससँग जुध्न व्यवस्थित योजना बनाइने जनाए । उनले खाडा आगलागीपीडितका लागि आवास बनाउन गाउँपालिका र प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?