१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आमाले गरिन् सात महिने छोरीको हत्या 

बिप्लब महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीले सात महिनाकी छोरी जानकीको हत्या गरेकी छिन् । उनले कुटपिट गरी छोरीको हत्या गरेकी हुन । 

कुटपिटपछि छोरीको हत्या गरेको किटानी जाहेरी आफन्तले दिएपछि सपनालाई त्रिवेणी गाउँपालिकाको लुहाममा रहेको इलाका प्रहरी कार्यालयकाे टाेलीले पक्राउ गरेको हाे ।

पक्राउ परेकी सपनालाई इलाका प्रहरी लुहाममा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरबहादुर खडकाले बताए । हत्याको कारण खुल्न सकेको छैन । मृतक बालिकाको मंगलबार जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?