चन्द समूहका भेरी ब्यूरो सदस्य पक्राउ

रासस

जाजरकोट — नेत्रविक्रम चन्दको समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मंगलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ ।

कुशे गाउँपालिका-२ घर भई चन्द समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको शान्ति सुरक्षामा दक्खल पुर्‍याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए ।


यसभन्दा अगाडि चन्द समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन् । प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै जैशीलाई पक्राउ गरिएको खत्रीले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?