घोरल मारेको आरोपमा नौ पक्राउ 

बिप्लब महर्जन

सल्यान — घोरल मारेको आरोपमा शारदा नगरपालिका-१४ ढारका नौजनालाई प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय सल्यानले पक्राउ गरेको छ । 

पक्राउमा परेका सबैलाई प्रहरी नियन्त्रणमा राखिएको छ । घोरल मारेर भागबन्डा लगाउँदै गर्दा गोप्य सूचनाको आधारमा पक्राउ गरेको डिभिजन वन कार्यालय सल्यानका निमित्त प्रमुख मेघनाथ काफ्लेले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका-१४ ढारका विजय भण्डारी, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, कमल ओली, लोकराज भण्डारी, रामबहादुर भण्डारी, हेमराज भण्डारी, लोकबहादुर सार्की र डिल्लीबहादुर बुढाथोकी रहेका छन् ।

घोरल मारेको विषयमा अनुसन्धान र बयान लिने काम भइरहेको र अनुसन्धानका लागि वन अधिकृत हरिबहादुर थापालाई खटाइएको उनले जानकारी गराए ।

प्रकाशित : चैत्र २९, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी मानन्धरलाई मातृशोक 

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकका दोलखास्थित संवाददाता राजेन्द्र मानन्धरलाई मातृशोक परेको छ । मानन्धरकी ७५ वर्षीया आमा गंगालक्ष्मी मानन्धरको बिहीबार राति १ बजे निधन भएको हो । 

निमोनिया, दम, सुगरलगायतका रोगबाट पीडित उनी चारदिनदेखि राजधानीस्थित भरोसा अस्पतालको कोमामा थिइन् । उनका दुई छोरा र एक छोरी छन् । उनकाे शुक्रबार बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।

प्रकाशित : चैत्र २९, २०७५ ११:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्