कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाउँमा खानेपानी परियोजना

दैलेख — नौमुले गाउँपालिका ३, द्वारीमा खानेपानी तथा सरसफाइको क्षेत्रमा सुधार ल्याउनेगरी कोरियाली रेडक्रसको सहयोगमा खानेपानी परियोजना सुरु गरिएको छ । नेपाल रेक्रस सोसाइटी जिल्ला शाखामार्फत उक्त योजना सञ्चालन गर्न थालिएको हो ।

सरसफाइ, स्वच्छता तथा खानेपानी व्यवस्थापन परियोजनाले द्वारीका स्थानीयलाई खानेपानीको पहुँचमा पुर्‍याउने अपेक्षा गरिएको छ ।


तीन वर्षसम्म सञ्चालन हुने उक्त परियोजनाले खानेपानी व्यवस्थापनतर्फ आयोजना निर्माण र मर्मत सम्भार गर्ने शाखाले जनाएको छ । परियोजना अधिकृत हीरासिंह विश्वकर्माले क्षेत्रको विस्तृत सर्भे गरेर कुन ठाउँका समुदायमा खानेपानीको समस्या छ भन्नेबारे सम्भाव्यता अध्ययन गरिने उनले बताए । सम्भाव्यता अध्ययनका आधारमा योजना छनोट गरिनेछ ।


उनका अनुसार परियोजनाले समावेशी सरसफाइतर्फ विद्यालय तथा समुदायमा शौचालय निर्माण र मर्मत सम्भारसँगै जुठ्यान तथा गोठ व्यवस्थापनसमेत गरिनेछ । नौमुलेका ९ वटा विद्यालयमा परियोजनाले काम गर्ने शाखाले जनाएको छ । शाखाका अनुसार अति विपन्न घरपरिवारलाई शौचालय निर्माणमा सहयोग गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।


लैंगिक समावेशीकरणतर्फ महिला सशक्तीकरण र आयआर्जन तथा क्षमता अभिवृद्धिमा जोड दिइएको छ । सरसफाइ अभियान, व्यवहार परिवर्तन र स्वास्थ्य शिविर सञ्चालन गरिने अधिकृत विश्वकर्माले जनाए, ‘सरसफाइको अवस्था सुधारमा महिलाको सहभागिता बढ्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘विद्यालयमा जुनियर रेडक्रस सर्कल बनाई कार्यक्रमको उद्देश्यअनुरूप तालिम तथा गोष्ठी सञ्चालन गर्ने तयारीमा छौं ।’ परियोजनाले सरसफाइ, स्वच्छता तथा खानेपानी व्यवस्थापनको क्षेत्रमा पहिलो वर्ष ८५ लाख ८ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : माघ २७, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?