२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बेलिब्रिज हटाएर पुल

हरि गौतम

रुकुम पश्चिम — जिल्ला भित्रिने मूल सडकमाथिको बेलीब्रिज हटाएर मोटरेबल पुल निर्माण गर्न थालिएको छ । राप्ती लोकमार्गअन्तर्गत पर्ने साँख खोलामाथि बनाइएको बेलब्रिज विस्थापन गर्न लागिएको हो । मुसीकोट नगरपालिका–४ को सोलावाङ र १२ नम्बर वडाको बैरागीठाँटी जोड्ने बेलिब्रिज विस्थापन गर्न मोटरेबल पुल निर्माण कार्य थालिएको छ ।

१३ वर्षअघि २०६२ सालमा बनाइएको बेलिब्रिज जीर्ण बनेपछि त्यसको विकल्प खोजिएको हो । बेलिब्रिज जीर्ण बनेर सवारी साधन आवतजावतमा जोखिम बढेपछि सर्वसाधारणबाट बेलिब्रिज मर्मत वा विस्थापन गर्नुपर्ने माग आइरहेको थियो । बेलिब्रिज यसअघि पनि मर्मत गरिएको थियो । मर्मत गरिएको बेलिब्रिज एक वर्ष नटिकेपछि सरोकारवाला चनाखो भएका छन् । बेलिब्रिज जीर्ण बन्दा दैनिक सयौं सवारी साधन जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन् ।


पुलमा राखिएका फलामका पाता टुक्रिएर झरेका छन् । ब्रिजमा राखिएका फलामका केही पाताहरू उप्किएका छन् भने केही ठाडा भएका छन् । जसको कारणले दिनदिनै जोखिम बढिरहेको छ । जिल्ला भित्रिने, बाहिरिने तथा रुकुमपूर्वबाट समेत यही पुल भएर सवारीका साधन बाहिर–भित्र गर्ने गरेका छन् । जीर्ण बनेको बेलिब्रिज अब विस्थापन गरिँदै छ । जसका लागि पक्की पुल निर्माणको काम सुरु भइसकेको छ । अबको दुई वर्षमा बेलिब्रिजको ठाउँमा पक्की पुलमा सवारी आवतजावत गर्ने गरी पक्की मोटरेबल पुल निर्माणको काम सुरु भएको हो ।


विश्व बैंकको ८ करोड सहयोगमा साँख खोलासहित सल्यानको पटारेमा पुल निर्माणको काम जारी छ । साँख खोलामा ३५ मिटर लम्बाइ भएको पुल निर्माण हुँदै छ भने पटारेमा १५ मिटर लामो पुल निर्माणको काम जारी छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी पुल निर्माणको भइरहेको छ । पुल निर्माणका लागि सडक विभागको वैदेशिक महाशाखा अन्तर्गतको आरएसडीपी परियोजनासँग सूर्यलाइट जेभीले सम्झौता गरेको छ ।


एक महिनादेखि पुल निर्माणको काम धमाधम भइरहेको आयोजनाको कन्सल्टेन्ट संस्था आरएसडीपीका सब इन्जिनियर मदनराज पाण्डेले बताए । पुल निर्माणको प्रगति तथा अनुगमन नियमन सडक डिभिजन कार्यालय दाङले गर्ने गरेको छ । सडक विभाग र निर्माण कम्पनीबीचको सम्झौताअनुसार २०७७ सालको सउनसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनी सूर्य इलाइट जेभीका प्रतिनिधि हीरा लामाले बताए ।

प्रकाशित : माघ १८, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?