अग्निपीडितलाई राहत

सुर्खेत — कालीकोटको पलाता गाउँपालिका १, खाडाका अग्निपीडितलाई प्रभावित क्षेत्रमा गएर राहत वितरण गरिएको छ । आगलागीबाट घर नष्ट भएका ३७ घरधुरीलाई गाउँमै गएर राहत वितरण गरिएको हो । 

अग्निपीडितलाई राहत

ठमेल व्यवसायी संघका कोषाध्यक्ष वकिलबहादुर बम, विद्यार्थी नेता टपेन्द्रजंग शाही लगायतको सक्रियतामा संकलन भएको राहत रकम पीडित परिवारलाई वितरण गरिएको हो ।


सहयोग समितिका सदस्य एवं समाजसेवी अनिल बमका अनुसार प्रति दुई घरधुरीलाई १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको हो । ‘आगलागी पीडितको बिजोग भएपछि काठमाडौंमा चन्दा संकलन गरिएको थियो,’ उनले भने, ‘पीडितका घरमै गएर संकलन भएको तीन लाख रुपैयाँ वितरण गरिएको छ ।’

प्रकाशित : पुस २८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?