एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु  

ज्योति कटुवाल

दैलख — गुराँस गाउँपालिका–४ लाठेमा बा २ झ १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश बिष्टको मृत्यु भएको हो । दुर्घटनामा चालक गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताएका छन् ।


खड्कालाई उपचारकालागि सुर्खेत लगिएको छ । बिरामीलाई कालिकोटबाट सुर्खेतमा पुर्‍याएर फर्कदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २७, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानन्यायाधीशमा चाेलेन्द्रशमशेर जबराकाे नाम सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।

परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो । त्यसपछि मंसिर २२ का लागि बोलाइएको दोस्रो बैठकसमेत देउवाकाे अनुपस्थित भएका कारण स्थगित भएकाे थियाे । २३ गते मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भएकाे थियाे । अाजकाे बैठकमा भने देउवा उपस्थित थिए ।

प्रकाशित : मंसिर २७, २०७५ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×