एमयूमा आन्दोलन चर्कियो, साढे २ महिनादेखि तालाबन्दी

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा संयुक्त विद्यार्थी आन्दोलन संघर्ष समिति र प्रजातन्त्रवादी प्राध्यापक संघले झन् आन्दोलन चर्काएका छन् । आन्दोलनरत विद्यार्थीले प्रशासनमा साढे दुई महिनादेखि लागेको ताला अझै खुलेको छैन ।

एमयूमा आन्दोलन चर्कियो, साढे २ महिनादेखि तालाबन्दी

बिहीबार रजिष्ट्रार डा. महेन्द्रबहादुर मल्ललाई निलम्बनको प्रक्रिया थालिएपछि विद्यार्थीले आन्दोलन चक्राएका हुन् । उनीहरुले आइतबारदेखि विश्वविद्यालयको पठनपाठन पनि ठप्प पार्ने घोषणा गरेका छन् ।


उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले विधि मिचेर कार्यकारी परिषद बैठक गरेको भन्दै असोज ८ गतेखि विश्वविद्यालय केन्द्रीय कार्यालय र डीन कार्यालयमा ताला लगाइएको छ । ‘दुई तिहाइ राजनीतिक दम्भका आधारमा ठाडो हस्तक्षेप गरी विधि विधान मिचेर रजिष्ट्रारलाई निलम्बन गरिएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय स्थापनाका अभियन्ता र विश्वविद्यालयको विकासमा जनतादेखि सरकारसम्म जोडिएका व्यक्तिलाई राजनीतिक खोल ओढेर बर्खास्त गर्न खोज्नुले हामीलाई आक्रोशित बनाएको छ ।’


शुक्रबार स्ववियुसहित संयुक्त विद्यार्थी संघर्ष समितिले पनि प्रदर्शन गरेको छ । स्ववियु अध्यक्ष झक्कबहादुर शाहीले उपकुलपतिले समस्या समाधान गर्नुको साटो झन् बल्झाउन खोजेपछि आन्दोलन कडा गर्नु परेको बताए ।

प्रकाशित : मंसिर २१, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?