कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खुलामञ्च अस्तव्यस्त

ज्योति कटुवाल

सुर्खेत — प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्च एक महिनादेखि ‘बन्धक’ जस्तै छ । मेला आयोजकले आफ्नो कार्यक्रम सकेपछि चारैतिर घेरिएको बार नहटाउँदा खुलामञ्च अस्तव्यस्त देखिन्छ ।

खुलामञ्च अस्तव्यस्त

चारैतिरबाट टिनका पाताले घेरबार गरिएको मञ्च निकै कुरूप अवस्थामा छ । मञ्चको आडैमा रहेका सार्वजनिक शौचालय र खाजा घरसमेत बन्द छन् । सार्वजनिक शौचालय बन्द हुँदा बाटोमा हिँडडुल गर्ने बटुवासमेत मारमा परेका छन् ।


आदिवासी जनजाति महासंघले कात्तिक ९ देखि १९ गतेसम्म महोत्सव सञ्चालन गर्नका लागि अनुमति लिएको थियो । तर, उसले १५ गते नै महोत्सव समापन गर्‍यो । महोत्सव सकिए पनि महासंघले टिनको तारबार भने हटाएन । यसकै कारण खुलामञ्च अहिले पनि अव्यवस्थित घेराबन्दीमा छ । ‘टिन लगाउने ठेकेदार छठ मनाउन घर गएकाले हटाउन ढिलो भएको हो,’ आयोजक संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले भने, ‘काम गर्ने लेबर नपाउँदा समस्या भएको छ ।’


कार्यक्रम गर्न अनुमति दिने र कार्यक्रम सकेपछि सरसफाइ गरे/नगरेको नियमन गर्ने जिम्मेवार निकाय नगरपालिका कार्यालय हो । तर, आफ्नै कार्यालयसँग जोडिएको खुलामञ्चको यस्तो अवस्थाप्रति नगरपालिका निरीह देखिन्छ ।


‘हामीले खुलामञ्च सफाइ गर्न आयोजकलाई निकै ताकेता गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खड्काले भने, ‘तर जिम्मेवार संस्थाले ठेकेदार सम्र्पकविहीन भएको भन्दै आलटाल गरेको छ ।’ यही अवस्थाबीच आइतबार वीरेन्द्रनगरका व्यापारीले खुलामञ्चको बार हटाउन माग गरेका छन् । उनीहरूले आफैं बार हटाउन लाग्दा प्रहरीबीच केहीबेर झडप पनि भयो ।

प्रकाशित : मंसिर ११, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?