२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बलात्कार आरोपमा पक्राउ

जाजरकोट — भेरी नगरपालिका–५ का गोपाल कामी १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बाटोमा हिँड्दै गरेकी बालिकालाई बलात्कार गरेको प्रहरीको आरोप छ ।

बलात्कार आरोपमा पक्राउ

घर नजिकैको बाटोमा एक्लै भएको मौका छोपी कामीले बालिकालाई जबरजस्तीकरणी गरेको प्रहरीले जनायो । उनले राति १० बजेको समयमा घरबाट निस्केर आफन्तको घर जाँदै गरेकी बालिकालाई बलात्कार गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए ।

बलात्कृत बालिकाको जाजरकोट अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । बलात्कार आरोपी २६ वर्षीय कामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनीविरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता भएको छ ।

अशक्त माथि यौन दुव्र्यवहार
नलगाड नगरपालिका–३, कैनाबजार नजिकै एक ४९ वर्षीय अशक्त महिलामाथि यौन दुव्र्यवहार भएको छ । सोही ठाउँका २१ वर्षीय दीपक विकले उनीमाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

राम्रोसँग बोल्न नसक्ने र बोल्दा लरबराउने तथा कमजोर वाक् क्षमता भएकी महिला दुव्र्यवहारमा परेकी हुन् । विकले टट्टागाउँबाट कैनाबजारतर्फ आउँदै गरेको अवस्थामा साङ्ट भेरी लघु जलविद्युत् कुलो तल सडकमा अशक्त महिलालाई दुवै पाखुरा समाती जबरजस्तीकरणी गर्न खोजेको स्थानीय औंसी घर्तीले बताइन् ।

विकले ‘पाँच सयको नोट लेऊ, करणी गर्न देऊ’ भनेको र नमान्दा तँलाई मारेर फालिदिन्छु भन्ने डर त्रास देखाई महिलाको लुंगी र पेटीकोट फर्काई जबरजस्तीकरणी गर्न खोजेको उनको भनाइ छ । अशक्त महिला कराएको आवाज सुनी वरपर रहेका मानिस आएपछि विक भागेको घर्तीले बताइन् ।

महिलालाई यौन दुव्र्यवहार गर्ने विकविरुद्ध जवरर्जस्तीकरणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी निरीक्षक बिष्टले बताए । घटनालगत्तै फरार विकको खोजी भइरहेको उनले बताए । यसअघि गत साउनमा भेरी नगरपालिका–२ मा दुई बालिका बलात्कृत भएका थिए ।

प्रकाशित : भाद्र २९, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?