कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विद्यालयमा अपांगमैत्री भवन

एलपी देवकोटा

जुम्ला — तिला गाउँपालिका–२, भुङ्गेडी स्थित कालिका आधारभूत विद्यालयमा अपांगमैत्री भवन निर्माण गरिएको छ । अपांगमैत्री भवन निर्माण भएपछि बिभिन्न शारीरिक समस्या भएका विद्यार्थीको पठनपाठन सहज बनेको छ ।

विद्यालयमा अपांगमैत्री भवन

शारीरिक अशक्तता भएका तिला गाउँपालिका–२ का हरियो नेपालीले यसअघि विद्यालयको पुरानो भवनमा बसेर पढ्दा विभिन्न समस्या आएको बताए । ‘जीर्ण भवन त्यसमा पनि अपांगमैत्री कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या थियो,’ उनले भने, ‘समान्य कक्षाकोठाभित्र बसेर पढ्दा सिकाइमा समस्या भोग्नुपरेको थियो, अपांगमैत्री भवन बनेपछि पठनपाठन पनि गुणस्तरीय हुने अपेक्षा छ ।’

उनी विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । अपांगता भएका टेक बोहोराले भवनका कारण सिकाइको स्तर अब माथि उठ्ने जनाए । ‘नयाँ बनेको भवनमा सहजै आवतजावत गर्ने सकिने भएको छ,’ उनले भने, ‘कक्षा कोठा पनि अपांगमैत्री भएकाले पठनपाठनका लागि सास्ती भोग्नु नपर्ने भयो ।’ विद्यालयमा कक्षा ८ सम्म पठनपाठन भइरहेको छ ।

विद्यालयमा सात वटा मात्रै कोठा भएकाले अन्य विद्यार्थीको पठनपाठनमा समेत समस्या थियो । विद्यालयका प्रधानाध्यापक लालबहादुर बुढाले भूकम्प प्रतिरोधात्मक चार कोठे पक्की भवन बनेपछि विद्यार्थी खुसी भएको बताए । ‘अरू साथीहरूसँग बसेर पढ्दा विद्यार्थीलाई धेरै समस्या थियो,’ उनले भने, ‘अब पठनपाठन पनि व्यवस्थित हुनेछ ।’

विद्यालयमा तीन सय ५४ जना विद्यार्थी अध्ययनरत छन् । अपांगता भएका एक दर्जन विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । ‘विद्यालयमा कक्षा कोठा अभावका कारण एक सय ४० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब त्यो झन्झटबाट पनि मुक्ति पाइयो ।’

प्लान नेपालको सहयोगमा सांग्रिला एसोसिएसनले ८० लाख रुपैयाँको लागतमा अपांगमैत्री भवन र छात्रछात्राका लागि चर्पीसमेत निर्माण गरेको सांग्रिला एसोसिएसनका प्रोग्राम म्यानेजर जय श्रेष्ठले बताए ।

विद्यार्थीको चाप धेरै भएको र कक्षा कोठाहरू साँघुरो र कम भएकाले भवन निर्माणमा सहयोग गरेको उनको भनाइ छ । संस्थाले खानेपानीको समस्यासमेत समाधान गरेको उनले जनाए । गाउँमा अपांगमैत्री विद्यालय भवन बनेपछि लिही गाउँका स्थानीय समेत खुसी भएको अभिभावक पूर्ण रावतले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?