१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गुरुयोजना बनाउँदै विज्ञ समूह

सुर्खेत — कर्णाली सरकारद्वारा गठित विज्ञ समूहले प्रदेशको समग्र विकासको लागि गुरुयोजना (मास्टरप्लान) निर्माण गर्ने भएको छ ।

गुरुयोजना बनाउँदै विज्ञ समूह

नेकपा नेता जनार्दन शर्माको अध्यक्षतामा शनिबार संघीय राजधानी काठमाडौंमा बसेको बैठकले गुरुयोजना निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरेको हो । प्रदेश सरकारको अघिल्लो शनिबारको बैठकले कर्णालीको विकास र समृद्धिमा सरकारलाई सघाउन विज्ञ समूह गठन गरेको थियो ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र प्रमुख सचिव रामप्रसाद थपलियासमेत उपस्थित थिए । बैठकले समूहको कार्यविधि मस्यौदा तयार गर्ने, चालु आवको बजेट कार्यान्वयनको योजना निर्माण गर्ने, प्रदेशका लागि आवश्यक कानुन निर्माणमा सघाउने र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बैठकमा विज्ञहरू डा.सुरेन्द्र उप्रेती, डा. पुण्यप्रसाद रेग्मी, डा. सुरेश तिवारी, बालानन्द पौडेल, सुरेन्द्रबहादुर शाह, डा. कुशेन्द्र महत, डा.कृष्णप्रसाद पौडेल, मुक्ति प्रधान, गोविन्द बन्दी र डा.पदमबहादुर शाहीको सहभागिता थियो ।

विज्ञ समूह संयोजकसमेत रहेका पूर्वगृहमन्त्री जनार्दन शर्माले राजनीतिक इच्छाशक्तिमा विज्ञताको प्रयोग गरेर कर्णालीलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिने धारणा व्यक्त गरेका थिए । मुख्यमन्त्री शाहीले कर्णालीको तीव्र विकासका लागि सरकारलाई विज्ञको सहयोग आवश्यक रहेको औंल्याए ।

विज्ञ समूहबाट सरकार, प्रदेश योजना आयोगले आवश्यक सल्लाह–सुझाव लिने अपेक्षा राखिएको छ । प्रदेश सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी विज्ञहरूको समूह गठन गरेको सरकारले भनाई छ ।

प्रकाशित : भाद्र २४, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?