कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सवारी दुर्घटनाबाट वर्षमा २० को मृत्यु

कान्तिपुर संवाददाता

सल्यान — थारमारेबाट बिहीबार श्रीनगर आउँदै गरेको लु१त ७७४४ नम्बरको पिकअप दुरुवाखोलामा दुर्घटना हुँदा चालक हेमराज रेउले गम्भीर घाइते भए । उपचारका क्रममा उनको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भयो ।

सवारी दुर्घटनाबाट वर्षमा २० को मृत्यु

त्यस्तै, बुधबार बांगेलाखुरीबाट सिमखोली जाँदै गरेको रा३प ४९२० नम्बरको मोटरसाइकलले ३६ वर्षीया सोवनी ओलीलाई ठक्कर दियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको पनि उपचारकै क्रममा मृत्यु भयो । जिल्लामा सवारी दुर्घटनामा परी एक वर्षमा २० जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्षमा दुर्घटनामा परी ६३ गम्भीर घाइते भएका थिए । चालकको लापरबाही, यातायातका साधनमा खराबी, तीव्र गति, सडक गुणस्तरीय नहुनुलगायतका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष ४१ सवारीसाधन दुर्घटनाग्रस्त भएपछि २० जनाले ज्यान गुमाएका हुन् । सडकको अवस्था राम्रो नभए पनि चालकले मनपरि तरिकाले सवारीसाधन चलाउने गरेकाले दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपाल शर्माले बताए ।

गत वर्ष भएका दुर्घटनामा १२ पुरुष र सात महिला तथा एक बालकको मृत्यु भएको छ । अधिकांश सडक दिनप्रतिदिन जीर्ण बन्दै गएकाले दुर्घटना पनि बढ्दै गएको शर्माको भनाइ छ । सिकारुले गाडी चलाउँदा पनि दुर्घटना बढिरहेका छन् । दुर्घटना न्यूनीकरणका लागि चालकलाई विभिन्न समयमा सजक बनाउँदै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?