१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कान्तिपुरकर्मी पुरस्कृत

सुर्खेत — कान्तिपुरकर्मी हरि गौतम पुरस्कृत भएका छन् । राष्ट्रिय महिला आयोगले महिला हिंसाविरुद्ध, महिला सशक्तिकरण, विकास तथा लैङ्गिक समानताको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै कान्तिपुर दैनिकका रुकुम संवाददाता गौतमलाई कदरपत्रसहित नगद १५ हजारले पुरस्कृत गरेको हो । 

कान्तिपुरकर्मी पुरस्कृत

शुक्रबार राष्ट्रिय महिला आयोगमा आयोजित एक कार्यक्रममा गौतमलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगरले पुरस्कृत गरेकी हुन् । राष्ट्रिय महिला आयोगले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार यो वर्ष कान्तिपुरकर्मी गौतम र नयाँ पत्रिका दैनिककी फोटो पत्रकार चन्द्रकला क्षेत्रीले प्राप्त गरिन् ।


आयोगले हरेक वर्ष पत्रकारितामार्फत महिलाका समस्या पहिचान, महिलाका मुद्दा स्थापित गर्न, महिला सशक्तिकरण, लैङ्गिक समानता तथा हिंसाविरुद्ध कलम चलाउने एक जना पुरुष र एक जना महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । शुक्रबार महिलाको क्षेत्रमा काम गर्दै आएका सातवटै प्रदेशका एक/एक गैर सरकारी संस्थालाई पनि आयोगले सम्मान गरेको छ ।


प्रकाशित : श्रावण ४, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?