कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा ज्यादती भएको भन्दै नेविसंघको प्रदर्शन

एलपी देवकोटा

जुम्ला — अस्पतालमा बिहीबार भएको घटनाको विरोध गर्दै नेविसंघले प्रदर्शन गरेको छ । कर्णाली विज्ञान प्रतिष्ठान, जुम्लामा भएको ज्यादतीविरुद्ध नेपाल विद्यार्थी संघ शुक्रबार सडकमा उत्रिएको हो ।

अस्पतालमा ज्यादती भएको भन्दै नेविसंघको प्रदर्शन

विद्यार्थीमाथि कुटपिट भएको भन्दै जुम्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु समेत नेविसंघले बन्द गराएको थियो । शुक्रबार खलंगामा सरकारको विरोध गर्दै अस्पतालमा भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने भन्दै निशेषित क्षेत्रभित्र प्रदर्शन ऱ्यालीसमेत निकालेको थियो ।


शान्तिपूर्ण आन्दोलनलाई गलत दिशातर्फ धकेल्न प्रहरीले प्रहरीले घटना गराएको नेविसंघका केन्द्रीय सदस्य घनश्याम थापाले आरोप लगाए । 'अस्पतालभित्रै गएर ड्यूटीमा रहेका चिकित्सक, नर्स र विद्यार्थीहरुमाथि कुटपिट गर्न पाइँदैन' उलने भने, 'विद्यार्थीमाथि प्रहरीले कुटपिट गरेकाले नेविसंघ सडकमा उत्रिएको हो ।'

कानुनको उल्लंघन गरेर अस्पतालभित्रै प्रहरीले अश्रुग्यास प्रहार गर्ने, गोली चलाउने, लाठी बर्साउने कार्यको घोर भर्त्सना गर्दै विरोधमा उत्रन बाध्य भएको नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले बताए ।

प्रकाशित : श्रावण ४, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?