कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार आरोपमा २ किशोर र एक बालक पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — दुई छुट्टाछुट्टै बलात्कारका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाबाट २ किशोर र एक बालकलाई पक्राउ गरेकाे छ । 

बलात्कार आरोपमा २ किशोर र एक बालक पक्राउ 

सानेभेरी गाँउपालिकाकी एक किशोरीलाई बलात्कार आरोपमा सानीभेरी गाउँपालिका–५ का १८ वर्षीय विशाल केसी, सोही ठाउँका १८ वर्षीय धनसिङ वाँठा र आठबीसकोट नगरपालिका–१२ का १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । केसी र वाँठाले फरक फरक समयमा एउटै किशोरीलाई जर्बजस्ती गरेको उजुरी प्रहरीमा परेको छ । दुबै जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।


३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्का बालकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । ३ जनालाई बिहीबार पक्राउ गरिएको डिएसपी खड्काले बताए । बालक भएकाले उनको नाम प्रहरीले खुलाएको छैन ।


बालकले ललाई फकाई बालिकालाई आफ्नै घरमा लिएर बलात्कार गरेको बताईएको छ । ३ वर्षीया नाबालिकालाई बलात्कार गरेर उसले बालविज्याँई गरेकाले बालक विरुद्ध पनि मुद्दा चल्ने डिएसपी खड्काको भनाई छ । बालकलाई अन्य कैदीबन्दी भन्दा छुट्टै कोठामा राखिएको छ ।


पीडित बालिकालाई स्थानीय मेडिकलमा उपचार गर्न ल्याईएपछि उक्त घटना बाहिर आएको प्रहरीले जनाएको छ । बालिकाको उपचार स्थानीय मेडिकलमा भैरहेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?