भीरबाट लडेर शिक्षकको मृत्यु

रासस

त्रिपुराकोट, डोल्पा — यहाँको एक विद्यालयको शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । 

भीरबाट लडेर शिक्षकको मृत्यु

रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत विद्यालयमा प्रावि तहका शिक्षक हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयबाट फर्केर घरतर्फ जाँदै गर्दा घोडेडाँडा भिरबाट लडेर मृत्यु भएको बताइएको छ । शनिबार बिहान मृतक रोकायाको प्रहरी मुचुल्कापछि परिवारले शव बुझेर लगेको बताइएको छ ।

प्रकाशित : वैशाख २९, २०७५ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?