कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा. भगवान् कोइरालाको टोली जुम्लामा

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा सुरु भएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित चिकित्सकको टोलीले जुम्लाका मुटुरोगीको लागि नि:शुल्क शिविर सञ्चालन गरेको छ ।

डा. भगवान् कोइरालाको टोली जुम्लामा

यसअघि मुटुरोगीहरुले उपचारका लागि महँगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ टोली ल्याएर सेवाप्रवाह भएपछि केही समस्या कम हुने अनुमान गरिएको छ ।


मुटु रोग विशेषज्ञ सेवा दुई दिनसम्म सञ्चालन हुने भएको छ । जुम्लाका मुटु रोग भएका बिरामीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा. कोइरालाको टिमलाई अनुरोध गरिएको थियो । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुँदा उपचार हुन सकेको थिएन । मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिईने शिक्षण अस्पतालले जनाएको छ । ‘जुम्लामा मुटुरोगी र औषधि सेवन गर्नेको संख्या धेरै छ,’ शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, ‘नि:शुल्क मुटुरोग स्वास्थ्य शिविरमार्फत बिरामीलाई उपचार गर्न थालिएको हो ।’


जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर जाच गर्न पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका मुटुरोगीले नाम दर्ता गराएका छन् । चन्दननाथ नगरपालिका-६ की बविता शाहीले आँगनमै विशेषज्ञ चिकित्सकको सेवा पाउँदा खुसी भएको बताइन् । मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सबै उपकरणसहित टोली जुम्लामा पुगेको छ ।


विशेषज्ञ चिकित्सकसँग मुटुको उपचार गराउन बिरामीलाई टोकन वितरण गरिएको छ । टोकन लिएर उपचार गराउने वातावरण सिर्जना गरिएको हो । पहिलो दिनमा ८ सयभन्दा बढी बिरामीको उपचार गरिएको छ । बिहान ६ देखि साँझ ७ बजेसम्म पनि शिविर सञ्चालन भएको आयोजकले बताएको छ ।

प्रकाशित : चैत्र २३, २०७४ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?