फर्जी बिल बनाएर चौकी इन्चार्जले रकम भुक्तानी लिएको खुलासा

ज्योती कटुवाल

दैलेख — डुङ्गेश्वर गाउँपालिकाले सामग्री नै खरिद नगरी व्यक्तिको नाममा रकम भुक्तानी दिएको खुल्न आएको छ । वडा नं. २ मा रहेको अस्थायी प्रहरी चौकी चुप्राको सामग्री खरिदका लागि गाउपालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो ।  सामान खरिद नै नगरी गाउँपालिकाले व्यक्तीकाे नाममा भुक्तानी  दिएको रहस्य खुल्न अाएकाे हाे । 

गाउँपालिकाको विनियोजित बजेटमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धन बहादुर धामीले सामग्री खरिद नै नगरी रकम भुक्तानी लिएको पाइएको छ। गाउँपालिकाले प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धन बहादुर धामीको नाममा चेक भुक्तानी गरेको छ। गाउँपालिकाले विनियोजित गरेको रकममा प्रहरी चौकीमा सामग्री नै खरिद नगरी व्यक्तिको नाममा रकम भुक्तानी गर्नु सरासर गलत भएको स्थानीयहरुले बताए।

चैकीका इन्चार्ज धामीले सामग्री खरिद नगरी कामदारहरुको डोर हाजिर फारम र विल भरपाई बुझाएका छन्। उनले स्थानीय चुप्रा बजारमा पाइने सामानहरु पनि नेपालगञ्जबाट खरिद गरेको बिल देखाएका छन्।

गाउँपालिकाले २ लाख रुपैयाँमा भ्याट रकम कट्टा गरेर १ लाख ९७ हजार रुपैयाँ प्रहरी सहायक निरिक्षक धन बहादुर धामीको नाममा चेक भुक्तानी दिएको छ।

यसबारे प्रहरी सहायक निरीक्षक धन बहादुर धामीले चेक पाएपछि सामग्री अर्डर गरेको बताए। अर्डर गरेको सामान एक हप्ताभित्र कार्यालयमा आईपुग्ने दाबी उनले दाबी गरे। भने, ‘वडा अध्यक्ष लोकबहादुर डाँगीले प्रहरी चौकीमा सामान खरिद गर्न थोरै रकम विनियोजन गरेको र रकम ल्याएर सामान किन्नु भनेकाले आफूले चेक ल्याएको हो।’

गाउँपालिकाकाले भने प्रहरी चौकीमा सामग्री खरिद गरे नगरेको बारे तत्काल अनुगमन गर्ने बताएको छ।

प्रकाशित : चैत्र १९, २०७४ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली प्रदेशलाई ५ वर्षभित्र आत्मनिर्भर बनाइने

ज्योती कटुवाल

दैलेख — कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रुपमा चिनाउन गुरुयोजना तय गरेको बताएका छन् । 

डिजिटल प्रदेश निमार्णका लागि गाउँगाउँमा जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको बताउँदै मन्त्री भण्डारीले अबको ५ वर्षमा कर्णाली प्रदेश आत्मनिर्भर बनेर गरिबी हटाउने दाबी गरे।

यस्तै, मन्त्री भण्डारीले कर्णाली प्रदेशलाई सुरक्षित मार्गको रुपमा चिनाउने प्रतिबद्धता समेत जनाएका छन्। दैलेखमा रहेका पञ्चकोशी तीर्थस्थलको स्तरोन्नती गर्ने उनले बताए।

क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य सुशील थापाले दैलेखमा हाइड्रोहबको सम्भावना रहेपनि प्रचारप्रसारको कमी भएको बताए।
सांसद थापाले ९ सय वाटको माथिल्लो कर्णाली जलविद्यूत आयोजनाको निर्माण कार्य भदौबाट सुरु नभए कडा कदम चाल्ने चेतावनी दिए।

प्रकाशित : फाल्गुन २२, २०७४ २०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्