कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णाली प्रदेशलाई ५ वर्षभित्र आत्मनिर्भर बनाइने

ज्योती कटुवाल

दैलेख — कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई डिजिटल प्रदेशका रुपमा चिनाउन गुरुयोजना तय गरेको बताएका छन् । 

कर्णाली प्रदेशलाई ५ वर्षभित्र आत्मनिर्भर बनाइने

डिजिटल प्रदेश निमार्णका लागि गाउँगाउँमा जनचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको बताउँदै मन्त्री भण्डारीले अबको ५ वर्षमा कर्णाली प्रदेश आत्मनिर्भर बनेर गरिबी हटाउने दाबी गरे ।

यस्तै, मन्त्री भण्डारीले कर्णाली प्रदेशलाई सुरक्षित मार्गको रुपमा चिनाउने प्रतिबद्धता समेत जनाएका छन् । दैलेखमा रहेका पञ्चकोशी तीर्थस्थलको स्तरोन्नती गर्ने उनले बताए ।

क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य सुशील थापाले दैलेखमा हाइड्रोहबको सम्भावना रहेपनि प्रचारप्रसारको कमी भएको बताए ।

सांसद थापाले ९ सय वाटको माथिल्लो कर्णाली जलविद्यूत आयोजनाको निर्माण कार्य भदौबाट सुरु नभए कडा कदम चाल्ने चेतावनी दिए ।


प्रकाशित : फाल्गुन २२, २०७४ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?