पार्टीभित्र आफ्नो उचित कदर नभएको भन्दै असन्तोष व्यक्त गरेका टोपबहादुर ओलीले अब पार्टी संयोजक पुष्पकमल दाहाललाई जिताउन लागिपर्ने बताएका छन् ।
रुकुम पूर्व — नेकपा एमाले रुकुम पूर्वका पूर्व जिल्ला अध्यक्ष टोपबहादुर ओली नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल मनोनयनका लागि रुकुम पुगेको अवसरमा उनी मंगलबार पार्टी प्रवेश गरेका हुन् ।
नेकपा प्रवेश गरेका ओली २०७८ सालदेखि २०८१ सम्म ३ वर्ष जिल्ला अध्यक्षका रूपमा काम गरेका थिए । पार्टीभित्र आफ्नो उचित कदर नभएको भन्दै असन्तोष व्यक्त गरेका उनले अब पार्टी संयोजक पुष्पकमल दाहाललाई जिताउन लागिपर्ने बताएका छन् ।
ओलीलाई उचित जिम्मेवारी दिएर पार्टी–संगठनको काममा खटाउने नेकपा रुकुम पूर्वका नेताहरूले बताए ।
