कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बर्दियामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

भाद्र २१, २०८१

बर्दिया — जिल्लामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ भगवती टोलकी ४ वर्षीया दीक्षा यादवको पोखरीमा डुबेर र वडा नम्बर ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रवक्ता डीएसपी तुल्सीराम अर्यालले बताए ।

टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर बालिकाको मृत्यु भएको उनले जनाए ।

पंखाबाट करेन्ट लागि गम्भीर घाइते भएकी गद्दीको बर्दिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०८१ ०८:५५
x
×