कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अरिंगाल पोल्ने क्रममा १ जनाको मृत्यु

श्रावण २८, २०८१

गुल्मी — गुल्मीमा अरिंगाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार राति अरिंगाल पोल्ने क्रममा लडेर मुसिकोट नगरपालिका-५ आापचौर बस्ने ३१ वर्षीय रमेश लामिछाने मगरको मृत्यु भएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार लामिछाने आइतबार राति आँपचौरको कफी विकास केन्द्रको बगैँचा नजिकको पिपलको रुपमा रहेको अरिंगाल पोल्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि पाल्पा लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

प्रकाशित : श्रावण २८, २०८१ १०:५१
×