कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

पाल्पा–गुल्मी सडक अझै सञ्चालन भएन

श्रावण २३, २०८१
पाल्पा–गुल्मी सडक अझै सञ्चालन भएन

पाल्पा — गुल्मी सडकअन्तर्गत बर्तुङ–रिडी सडक खण्डको जोर्तेमा मंगलबार अपरान्ह ५ बजेदेखि अवरुद्ध भएको सडक बुधबार बिहानसम्म सुञ्चालनमा आउन सकेको छैन । जोर्ते नजिकै पहिरोसहित दुई ठूला ढुंगा खसेका कारण सडक आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

सडक डिभिजनले मंगलबार बेलुकी डोजर लगाएर सडक खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भएकाले पन्छाउन नसकिएको जनाएको छ । हार्थोक प्रहरी चौकीका अनुसार बुधबार बिहान ब्रेकरसहितको एक्स्काभेटरले सडक खुलाउने प्रयास गरिएको छ ।

सडक डिभिजन पाल्पाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ । विभागीय लोडर प्रयोग गरी उक्त ढुङ्गा पन्छाउन नसकिएकाले ब्रेकरसहितको एक्स्काभेटरसडक बन्द भएको स्थानतर्फ परिचालन भएको सडक डिभिजनले जनाएको छ । यो सडक भएर पाल्पाका साथै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मका यात्रु ओहोरदोहोर गर्छन् ।

प्रकाशित : श्रावण २३, २०८१ ०८:०८
x
×