कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अटोसँगै बगेकी किशोरी मृत फेला

श्रावण २१, २०८१

दाङ — अटो रिक्सासँगै खोलामा बगेर बेपत्ता भएकी गुर्वाकोट नगरपालिका–३, तेप्तेकाँडा, सुर्खेतकी १७ वर्षीया मञ्जु खड्का तीन दिनपछि मृत फेला परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका–४ स्थित बेतने खोलामा आएको बाढीमा शुक्रबार बेलुका अटो रिक्सासँगै बगेर बेपत्ता भएकी खड्काको शव आइतबार बबई गाउँपालिका–५, खयरभट्टीस्थित बबई नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ११ कक्षा अध्ययनका लागि तुलसीपुर आएकी खड्का मामाघर जान थालेको बेला खोलामा बगेकी थिइन् ।

सँगै बगेकी उनकी मामाघरकी हजुरआमा ५५ वर्षीया सीता आलेको शव शनिबार तुलसीपुर–१५ स्थित ग्वारखोलामा फेला परेको थियो । तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो रिक्सा खोलामा बगेपछि अटो चालकसहित पाँच जना बगेका थिए । चालकसहित अन्य तीन जनाको तत्काल सकुशल उद्धार गरिएको थियो ।

प्रकाशित : श्रावण २१, २०८१ ०७:२५
x
×