प्यूठान — प्यूठान नगरपालिका-३ मा निर्माण बनेको नगरपालिकाको कोशेली घर भत्किएको छ । निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै कोशेली घर भत्किएको हो ।
९ लाख रुपैयाँ बजेट बिनियोजन गरेर उपभोक्ता समिति मार्फत काम गरिएको कोशेली घर भत्किएको छ ।
कोशेली घर निर्माण गर्दा कमशल सामानको प्रयोग भएकाले कोशेलीघर भत्किएको प्यूठान नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए । ‘छाना छाउने समयमा त्यहाँ प्रयोग गरिएका सामाग्री कमशल भएकाले अहिलेको अवस्था आएको हो,’ उनले भने,‘थप बजेट बिनियोजन गरेर कोशेलीघरलाइ फेरि बनाउँछौँ ।’
प्यूठान नगरपालिका मार्फत अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेर कोशेलीघर निर्माणको काम भएको थियो । वडा अध्यक्ष श्रेष्ठका अनुसार कोशेलीघर निर्माणकै चरणमा रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर कुँवर थिए ।