कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

रहेनन् पत्रकार चेतन पन्त 

श्रावण २१, २०८१
रहेनन् पत्रकार चेतन पन्त 

तिलोत्तमा — रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको मृत्यु भएको छ । जिल्लामा रहेर विभिन्न विधामा समाचार लेख्ने र लुम्बिनीको प्रवर्द्धनमा क्रियाशील रहेका पन्तको आइतबार राति ९ः१० बजे सिद्धार्थनगर नगरपालिका–६ दुर्गा कोलोनीस्थित आफ्नै निवासमा निधन भएको हो । पन्त ६६ वर्षका थिए ।

उनी विगत २ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । पन्तले नेपाल टेलिभिजन र जिल्लाका मिडियामा ३ दशक बढी समयसम्म पत्रकारिता गरेका थिए ।

लुम्बिनीको पर्यटन प्रर्वद्धनमा योगदान पुर्‍याउँदै आएका पन्त पछिल्लो समय लुम्बिनीको प्रचारक बनेर हिँडेका थिए । समाचार, लेखसँगै देश–विदेशमा गएर बुद्ध-जन्मस्थल लुम्बिनीका विषयमा जानकारी गराउने, फोटो/भिडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिनेलगायतका कार्य मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका थिए ।

पन्तलाई लुम्बिनी विकास कोषले सद्भावना दूतसमेत बनाएको थियो । पन्तका श्रीमती र दुई छोरा छन् ।


प्रकाशित : श्रावण २१, २०८१ ०९:१७
x
×