कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

खोलामा दाउरा टिप्न जाँदा बेपत्ताको तीन दिनपछि शव फेला 

श्रावण १९, २०८१

नेपालगन्ज — बाँकेको डुडुवा खोलाको बाढीमा दाउरा टिप्न जाँदा बेपत्ता भएका पुरुषको तीन दिनपछि शव भेटिएको छ । जुम्ला कनका सुन्दरी गाउँपालिका–७ घर भई हाल कोहलपुर–१० कालिकानगर बस्ने ६५ वर्षीय हरिबहादुर रोकाया कोहलपुरको क्रिकेट मैदान नजिकै खोलामा दाउरा टिप्ने क्रममा बेपत्ता भएका थिए ।

उनको कोहलपुर–७ को झरकट्टी भन्ने ठाउँमा शुक्रबार साँझ शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए । उनका अनुसार शनिबार पोस्टमार्टमपछि आफन्तले शव बुझेका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले सूचना जारी गरेर वर्षाका कारण अहिले निरन्तर खोला र नदीमा पानीको बहाव बढ्दै गएकोले नदी तथा खोलामा नुहाउन वा दाउरा सकंलन गर्न नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।


प्रकाशित : श्रावण १९, २०८१ १८:०२
x
×