कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

अवैधरुपमा ल्याइएको ३२ लाख बराबरको मोबाइल बरामद 

श्रावण १९, २०८१
अवैधरुपमा ल्याइएको ३२ लाख बराबरको मोबाइल बरामद 

परासी — पश्चिम नवलपरासीको सरावलबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ३२ लाख रुपैयाँ बराबरको मोबाइल बरामद गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्रबाट ४० वटा आइफोन र ४८ वटा अन्य ब्रान्डका मोबाइल बरामद गरेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकास वाग्लेले बताए ।

बरामद भएका मोबाइलको बजार मुल्य करिब ३२ लाख ७० हजार रुपैयाँ हुने उनले बताए । बरामद भएका मोबाइल महेसपुर भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको सामान कसको हो भन्ने बिषय नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साउन १ गतेदेखि साउन १८ गतेसम्म भन्सार छली गरेर ल्याएको लत्ताकपडा, कुखुरा र घरायसी सामान गरेर ८५ लाख बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०८१ १५:५४
x
×