परासी — लागूऔषधसहित पश्चिम नवलपरासीको प्रतापपुरबाट एक युवक पक्राउ परेका छन् । प्रतापपुर गाउँपालिका–१ स्थित बाहुनगढीमा प्रहरीको गस्ती टोलीले भारतीय नम्बर प्लेटको युपी५६एक्स ००४२ नम्बरको मोटरसाइकलमा सवार युवकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–१ का २८ वर्षीय अजय यादव रहेका छन् । उनको साथबाट ५९ पत्ता स्पास, १० पत्ता नाइट्रोभेट लगायत पाँच प्रकारका प्रतिबन्धित लागूऔषध बरामद भएको छ ।
पक्राउ परेका यादवलाई लागूपदार्थसम्बन्धी कसुरमा मुद्दा दायर गरेर बुधबार नै ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।