परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भएपछि बल्ल बजेट ल्याएको छ । १७ औं गाउँसभामार्फत पालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र अनुमानित आयव्ययको सहितको बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले नीति तथा कार्यक्रम र उपाध्यक्ष फातिमा खातुनले ५२ करोड ९२ लाख ५३ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।
असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने व्यवस्था भए पनि पालिकाको आन्तरिक विवादको कारण बजेट ल्याउन ढिलाइ भएको हो । आगामी आर्थिक वर्षमा शिक्षा र कृषिमा विशेष कार्यक्रम ल्याइएको छ । बजेट ल्याउन ढिलाइ हुँदा पालिकाको राजस्व संकलन तथा अन्य कामकाज प्रभावित भएको थियो ।
प्रकाशित : श्रावण १५, २०८१ २२:३१